काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने सरकारकाे निणर्य कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन्।
अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए। काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए ।
उनले आफूले व्यावसायिक ढंगले काम गर्ने र पूर्वाग्रह नराख्ने बताए । स्वायत्त संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै राष्ट्र बैंकका कर्मचारीहरुले विरोध जनाएका थिए । मन्त्रिपरिषद्काे चैत २४ गते बसेकाे बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेकाे थियाे ।
