• ट्रेण्डिङ्ग :
पिएसजीद्वारा एन्जर्स तीन शून्यले पाराजित

पिएसजीद्वारा एन्जर्स तीन शून्यले पाराजित


  • 5.9K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    पिएसजीद्वारा एन्जर्स तीन शून्यले पाराजित

    काठमाडौं, ८ वैशाख । फ्रेन्च लिग वानको उपाधितर्फ उन्मुख रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित निकाल्दै उपाधि होडलाई थप मजवुत बनाएको छ । पिएसजीले घरेलु टोली एन्जर्सलाई ३–० ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको हो ।

    images

    पिएसजीको सहज जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले गोल गरे । स्टेड रेमन्ड कोपा एन्जर्समा बुधबार राति भएको खेलको २८औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिन सफल भयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सर्जियो रामोसले एन्जल डि मारियाको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ७७औं मिनेटमा डि मारियाकै पासमा कप्तान मार्किन्हसले गोल गर्दै पिएसजीको सहज जित पक्का गरे ।

    एन्जर्सलाई पराजित गरेपनि पिएसजीले उपाधिको लागि अर्को खेल नै कुर्नुपर्ने भएको छ । अर्को खेलमा दोस्रो स्थानमा रहेको मार्सेले नान्टेसलाई ३–२ ले पराजित गरेपछि पिएसजीले लिग वानको उपाधिको लागि अझै कुर्नुपर्ने भएको हो । यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३३ खेलबाट ७७ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई १५ अंकले पछि पारेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ । पराजित एन्जर्स ३४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप