• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.9K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, ९ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार छ सय ५१ जनाको नमुना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार एक सय ३३ जनाको पिसिआर परीक्षण गर्दा नौ जनामा  र एक हजार पाँच सय १८ जनाको एन्टीजेन परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २५ जना संक्रमित निको भएका छन् । 

    हाले नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय ८२ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप