उहाँका अनुसार डस्ना मात्रै बनाउँदा पनि दैनिक १५ देखि २० हजार रूपैयाँसम्म आम्दानी हुन्छ । उहाँले पुरानो काम नलाग्ने लुगालाई मेसिनले पेलेर कपास जस्ताे बनाई आधा घण्टामा डस्ना तयार गर्दै आउनु भएकाे छ । उहाँले भन्नुभयाे, ´यो काममा कमाई हुने भनेको जाडो महिनामा त हो ।
जहाँ बढी हाम्रो माग हुन्छ, त्यहाँ पुग्छौं । १५ देखि २० किलाेसम्मको डस्ना राम्रै हुने उहाँको भनाइ छ। मेसिनमा कपडा पेल्न पाँचदेखि १० मिनेट र डस्ना बनाउँन २० देखि २५ मिनेट लाग्ने साहले बताउनुभयाे । उहाँले थप्नुभयाे, ´एउटा डस्ना बनाउन जम्मा ३० देखि ३५ मिनेट लाग्छ।` साह आलमकाे टिममा तीन जना छन् ।
