काठमाडौं, १२ वैशाख । बार्सिलोना रायो भालेकानोसँग एक शून्य गोल अन्तरले पराजित भएको छ । बार्सिलोनाले रायोलाई नतिजा सुम्पिएसँगै रियाल मड्रिड स्पेनिस ला लिगाको उपाधिको संघारमा पुगेको छ ।
घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले व्यहोरेको यो लगातार तेस्रो हार हो । बार्सिलोना ३३ खेलमा ६३ अंकसहित दोस्रो स्थानमा यथावत छ । जुन शीर्ष स्थानमा बसेको रियाल भन्दा १५ अंक कम हो । लिगमा अब पाँच चरणका खेल मात्र बाँकी छ । शनिबार स्पानियोलविरुद्धको खेलमा एक अंक मात्र बटुले पनि रियालले चार खेल अगावै ला लिगाको उपाधि जित्नेछ ।
भालेकानो ३३ खेलमा ४० अंकसहित ११औं स्थानमा छ । सातौं मिनेटमा अल्भारो गार्सियाले गरेको गोल भालेकानोको जितमा पर्याप्त बन्यो । बार्सिलोना गत साता काडिचसँग एक शून्य गोल अन्तरले पराजित भएको थियो । त्यस्तै युरोपा लिगको क्वार्टरफाइनलमा पनि बार्सिलोना फ्रयांकफर्टसँग निराश हुँदै बाहिरिएको थियो । बार्सिलोनाले आइतबार क्याम्प नोउमा रायो मालोर्कासँग प्रतिस्पर्धा गर्नेछ ।
