• ट्रेण्डिङ्ग :
भारतमा कोरोनाबाट २५०० भन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

भारतमा कोरोनाबाट २५०० भन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु


  • 6.0K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    भारतमा कोरोनाबाट २५०० भन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

    काठमाडौं, १२ वैशाख । भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ ।

    images

    अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५२२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।  नयाँ सङ्क्रमित मध्ये एक हजार ८३ जना दिल्ली प्रदेशका मात्रै रहेका छन् । यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको ५७।३७ प्रतिशत हो । 

  • सम्बन्धित विषय:

  • # भारत

  • तेस्रो आँखा
    लेखकबाट थप