काठमााडौं, १३ वैशाख । मोइस किनले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गरेको निर्णाायक गोलमा युभेन्टसले सोमबार सासौलोमाथि दुई एक गोल अन्तरको जित निकालेको छ । यो जितसँगै युभेन्टसले इटालियन सिरी ‘ए’ को चौथो स्थानको पकड बलियो पारेको छ ।
खेलको ३९औं मिनेटमा जियाकोमो रासपडोरीको गोलमा सासौलोले अग्रता लिएको थियो । ४५औं मिनेटमा पाबलो डिबालाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए । खेल सकिन दुई मिनेट बाँकी रहँदा किनले गरेको गोलमा युभेन्टसले जित पक्का गर्दै शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो पारेको हो ।
चार चरणका खेलहरु बाँकी रहदा युभेन्टस ६६ अंकसहित चौथो स्थानमा यथावत छ । जुन तेस्रो स्थानको नेपोली भन्दा मात्र एक अंक कम हो भने पाँचौ स्थानको एएस रोमा भन्दा आठ अंक बढी हो । सासौलोविरुद्धको खेलसँगै किन गोल लयमा फर्किएका छन् । उनले फेर्बुआरीमा इम्पोलीविरुद्ध ३-२ को जित निकालेको खेल पछि गोल गर्न सकेका थिएनन् । यस सिजन उनले १० खेलमा मात्र पहिलो रोजाईमा अवसर पाएका छन् ।
