• ट्रेण्डिङ्ग :
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • 6.0K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं, १५ वैशाख । बजारमा आज सुनचाँदीकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९८ हजार तोकिएको छ ।

    images

    यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको सुन बुधबार प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।

    महासंघकाअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको  मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३२० मा आएको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ ।


    तेस्रो आँखा