• ट्रेण्डिङ्ग :
वैशाख २२ गतेदेखि २४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता हुने

वैशाख २२ गतेदेखि २४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता हुने


  • 6.5K
    SHARES
    • बैशाख १५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    वैशाख २२ गतेदेखि २४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता हुने

    काठमाडौं, १५ वैशाख । २४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ गतेदेखि हुने भएको छ ।

    images

    सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुने आयोजक नेपाल पौडी संघले जानकारी दिए । पौडी संघको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुष र महिला गरी एक सय ५० जना खेलाडी सहभागी हुनसक्ने संघले बताएको छ ।

    विश्वभर कोभिड १९ को महामारीको कारण पौडीको राष्ट्रिय प्रतियोगिता नभएको करिब दुई वर्ष भएको छ । यसैबीच १९औं विश्व पौडी प्रतियोगिता २०२२, बुढापेष्ट, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, पोखरा र चीनमा हुने एसियाली खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर प्रतियोगिता आयोजना गर्न लागेको संयोजक जगतमान श्रेष्ठले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप