काठमाडौं, १७ वैशाख । नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन भएको छ । यस अघिको तालिका अनुसार सुरुआतमा एकदिवसीय र त्यसपछि टी-ट्वान्टी हुने तालिका रहेको थियो ।
तर वर्षाका कारण शनिबार हुने भनिको पहिलो एक दिवसीय खेल स्थगित भए पछि खेलतालिकामा परिमार्जन गर्दै नेपाल क्रिकेट संघ क्यानले टी-२० पहिला गराउन लागेको छ ।
क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबारदेखि टी-२० खेल हुने जनाएको छ । तीन खेलको टी-२० शृंखलापछि तीन वटा एकदिवसीय खेल हुनेछ ।

