सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक


  • 7.0K
    SHARES
    • मंसिर १३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक
     
    काठमाडौं, १३ मंसिर  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ । 

    एन्फाले सोमबार दुई चरणका खेल सार्वजनिक गरेको हो । दुवै चरणका खेल दशरथ रंगशालामा हुनेछन् । 

    images

    यस पटक समेत एन्फाले हप्तामा चार खेल हुने जनाएको छ । यस्तै खेल दिउँसो र साँझमा हुने समेत जानकारी गराएको छ । 

    ३ मंसिरबाट सुरु भएको लिगका दोस्रो चरणका खेल आज सकिँदै छ । अन्तिम खेलमा अहिले साबिक विजेता मछिन्द्र फुटबल क्लब र साबिक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् । 

    FB_IMG_1638185714394.jpg


    तेस्रो आँखा