• ट्रेण्डिङ्ग :
ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित

ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित


  • 10.0K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित

    काठमाडौं, १८ वैशाख । नेपाल जिम्बाब्वेविरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा पराजित भएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल जिम्बाब्वेसँग  ६ विकेटले पराजित भएको हो । 

    images

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार गरेको थियो ।जिम्बाब्वेका लागि इनोसेन्ट कायाले ३० बलमा ९ चौकासहित ४७ रन बनाएका थिए । यस्तै, टोनी मुन्योङ्गाले २३ बलमा ७ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले । टाडिवान्से मरुमानीले ४१ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५६ रनको इनिङ खेलेका थिए ।

    जिम्बाब्वे ‘ए’का विकेटकिपर–ब्याटर क्लिभ माडन्डे ८ रनमा आउट हुँदा कुड्जाई मुन्जे ८ र रोए काया ६ रनमा अविजित रहे । नेपाली सिनियर टिममा डेब्यू गरेका बसिर अहमदले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ५० रन खर्चेर एक र करण केसीले ३ ओभरमा ३५ रन खर्चेर एक विकेट लिए ।

    जिम्बाब्वे ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपालले १ सय ८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो ।

    नेपालका लागि आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरुआत दिलाएका थिए । नेपालका लागि ३१ बलको सामना गरेका कुशलले ८ चौकासहित ४६ रनको शानदार इनिङ खेल्दा १६ बलमा एक चौकासहित ९ रन बनाएर आशिफ आउट भएका थिए । आदिल आलमले २७ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४७ रनको इनिङ खेलेका थिए ।

    तेस्रो नम्बरमा क्रिजमा उत्रिएका रोहितकुमार पौडेलले २६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाउँदा आरिफ शेख ४ बलमा २ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै करण केसी ४ रनमा अविजित रहे । जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक–एक विकेट लिए ।


    तेस्रो आँखा
    लेखकबाट थप