निर्वाचनको प्रचारमा हिँडेका एक वृद्धको भीरबाट लडेर मृत्यु

निर्वाचनको प्रचारमा हिँडेका एक वृद्धको भीरबाट लडेर मृत्यु


  • 6.8K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    निर्वाचनको प्रचारमा हिँडेका एक वृद्धको भीरबाट लडेर मृत्यु

    काठमाडौं, १९ वैशाख । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेले जानकारी दिएको छ ।

    images

    प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग उनी गाउँमा भोट माग्न गएका थिए । गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको स्थानीयले बताएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप