निर्वाचन आयोगले केशव स्थापितलाई स्पष्टीकरण सोध्यो 

निर्वाचन आयोगले केशव स्थापितलाई स्पष्टीकरण सोध्यो 


  • 7.1K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    निर्वाचन आयोगले केशव स्थापितलाई स्पष्टीकरण सोध्यो 

    काठमाडौं, १९ वैशाख । निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । 

    images

    निर्वाचनसम्बन्धी हालैको एक सार्वजनिक कार्यक्रममा यौन दुर्वव्यवहारबारे सोधिएको प्रश्नको जवाफमा प्रश्नकर्ता स्वयंलाई अपशब्द प्रयोग गरेको जानकारी आयोगलाई प्राप्त भएको सन्दर्भमा स्थापितलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

    उम्मेदवार स्थापितको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको उम्मेदवारी खारेजीको माग गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने गैरसरकारी संस्थाहरूलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको पौडेलले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप