काठमाडौं, २० वैशाख । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई पराजित गरेको छ । गएराती भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डमाथि तीन शून्य गोल अन्तरको सहज जित निकालेको हो ।
यो जित सँगै युनाइटेडले अर्को सिजन युरोपा लिगका लागि छनोटको सम्भावना बलियो बनाएको छ । युनाइेटडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो र राफेल भारेनले गोल गरेका थिए । ब्रुनो फर्नान्डेजले नवौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
रोनाल्डोले ६१ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए । रक्षक भारेनले ७२ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा यो सिजन रोनाल्डोले गोल संख्या १८ औं पुर्याएका छन् । उनले शीर्षस्थानमा रहेका मोहम्मद सलाहसँगको गोल संख्याको दूरीलाई घटाएका छन् । गोल्ड बुटको दौडमा रहेको सलाहको २२ गोल छ ।
युनाइेटडले सिजनका अन्तिम २ खेल खेल्न बाँकी छ । आउने शनिबार टोलीले ब्राइट एन्ड होभ अल्बियोनसँग प्रतिस्पर्धा गर्नेछ । १४ औं स्थानमा रहेको ब्रेन्टफोडको रेलिगेसन जोनमा रहेको टोलीको भन्दा ८ अंक बढी छ । टोलीले अन्तिम ३ खेल खेल्न बाँकी छ ।
