सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको फेरि आक्रमण

सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको फेरि आक्रमण


  • 8.2K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको फेरि आक्रमण

    एजेन्सी, २० वैशाख ।  युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको सोमबार बताएका छन् ।  यसैबीच रुसले पुनः हमलाहरु थालेको  पनि  उनले थप जानकारी दिएका छन् । 

    images

    राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका छन् ।  आइतबार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका बताइएको छ । तर पनि स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरु रहेका कमाण्डर श्लेगाले बताएका छन् । 

    सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले बताएका हुन् । युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो । सोमवार साँझ बाहिरिएका भिडियोमा एजोभस्टालमा ठूलो आगो लागेको देखिएको थियो । यस आगलागिलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # युक्रेन-रूस युद्द

  • तेस्रो आँखा
    लेखकबाट थप