मेस्सीले जिते कीर्तिमानी सातौं पटक बालोन डि ओर अवार्ड

मेस्सीले जिते कीर्तिमानी सातौं पटक बालोन डि ओर अवार्ड


  • 8.1K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    मेस्सीले जिते कीर्तिमानी सातौं पटक बालोन डि ओर अवार्ड

    काठमाडौं, १४ मंसिर । फ्रान्सेली क्लब क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड अर्जेन्टिनाका लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका हुन् ।

    images

    मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी'ओर अवार्ड जितेका हुन् ।  मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितिसकेका थिए ।

    मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने । मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

    म्यानचेस्टर युनाईटेडका लागि खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहे ।  रोनल्डोले यो अवार्ड पाँच पटक जितेका छन् ।

    महिलातर्फको बालोन डी ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

    जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले 'स्ट्राइकर अफ दि इयर हात पारे ।

    बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे ।

    इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे ।

    क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

    तस्बिर  : एजेन्सी


    तेस्रो आँखा