एमालेकाे कारण नागरिकताको समस्या समाधान हुन सकेन: प्रचण्ड

एमालेकाे कारण नागरिकताको समस्या समाधान हुन सकेन: प्रचण्ड


  • 9.2K
    SHARES
    • बैशाख २४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    एमालेकाे कारण नागरिकताको समस्या समाधान हुन सकेन: प्रचण्ड

    काठमाडौं, २४ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् ।  ।  

    images

    शनिबार धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालले संसद् चल्न नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताएका हुन् । “एमालेले नै संसद् चल्न दिएको छैन । संसद्मा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौ ।” उनले भने । 

    अध्यक्ष प्रचण्डले बुवाआमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था भएको उल्लेख गर्दै अदालतले अध्यादेश ल्याएर हैन संसद्को अधिवेशन भित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको स्पष्ट पारे। उनले यसलाई सदनबाट नै सम्बोधन गर्ने पनि बताए । उनले मधेसी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि सङ्घर्ष गरिरहने बताए। 

     

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप