सुनको मूल्य तोलाको रु ९८ हजार ६००

सुनको मूल्य तोलाको रु ९८ हजार ६००


  • 8.3K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    सुनको मूल्य तोलाको रु ९८ हजार ६००

    काठमाडौं, २५ वैशाख । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको सुनको मूल्य  रु ६०० ले बढेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार  तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।     

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवा

  • तेस्रो आँखा
    लेखकबाट थप