अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले


  • 10.9K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 16.7K Views

    अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले

    एजेन्सी, २५ वैशाख । संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ ।

    images

    स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् । अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरु कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेको जनाएको छ ।  

    सो पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार जना रहेको थियो । यो संख्या अमेरिकाका सबै अस्पतालको हो । तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको छ । अमेरिकामा गएको दुई हप्ता अघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ । कोरोनाका संक्रमित गएको बिहीबार मात्र ६८ हजार जना भेटिएका थिए । यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो । 

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # काेराेना भाइरस

  • तेस्रो आँखा
    लेखकबाट थप