ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्किन्छ: शेर बहादुर देउवा

ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्किन्छ: शेर बहादुर देउवा


  • 13.2K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 20.4K Views

    ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्किन्छ: शेर बहादुर देउवा

    काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्किने र संसद भंग गरिदिने भन्दै गठबन्धनका उम्मेदवारले देशभरी नै जित्न जरुरी रहेको बताएका छन् ।

    images

    आइतबार पोखरा महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओली स्वयं र नेकपा एमाले गणतन्त्रको विपक्षमा रहेको आरोप लगाए । उनले भने, ‘ए बाबा, ओलीले जित्यो भने संसद राख्छ ? भोलि नै भंग गरिदिन सक्छ । ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा छ, गणतन्त्रको खिलाफमा छ । म गठबन्धनले बनाएको प्रधानमन्त्री होइन ? अनि हामीले अरु पार्टीलाई सघाउनु पर्दैन ?’

    गठबन्धनको भागबण्डामा असन्तुष्ट रहेका कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धन बचाउनका लागि पोखरामा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने बताए ।