मलेसियामा कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु

मलेसियामा कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु


  • 7.2K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    मलेसियामा कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु

    काठमाडाैं, २६ वैशाख । मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

    images

    अधिकारीहरुका अनुसार गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यसैगरी गएको २४ घन्टामा संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।

    अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ । त्यसैगरी अहिलेसम्म ४४ लाखभन्दा बढी संक्रमित भएकाे पाइएको छ । अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय संक्रमितहरु रहेका बताइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप