उत्पादन र उत्पादकत्व वृद्धि गरि मुलुक आत्मनिर्भर बनाउने प्रयास एमाले सरकारले गर्‍यो: ओली

उत्पादन र उत्पादकत्व वृद्धि गरि मुलुक आत्मनिर्भर बनाउने प्रयास एमाले सरकारले गर्‍यो: ओली


  • 8.0K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    उत्पादन र उत्पादकत्व वृद्धि गरि मुलुक आत्मनिर्भर बनाउने प्रयास एमाले सरकारले गर्‍यो: ओली

    काठमाडाैं, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको बताएका छन् ।

    images

    मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार एमालेले आयोजना गरेको स्थानीय निर्वाचन लक्षित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास  एमालेले गरेको भन्दै त्यसलाई पुरा गर्न एमालेले जित्नुपर्ने बताए । 

    नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेको भएको उनको भनाइ छ । ‘नेपाललाई आधुनिक युगमा प्रवेश गराउने एमाले हो । आत्मनिर्भर अर्थतन्त्र, उत्पादन वृद्धि, उद्योग धन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका सबै काम एमालेकै नेतृत्वमा हुन्छ,’ उनले भने, ‘कोही पनि अलमलमा नपरीकन समृद्ध नेपाल र सुखी नेपालीको साझा मुद्दालाई स्थापित गराउने अभियानमा होमिनुपर्छ । युवाहरूलाई विदेश पठाउने हैन, मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’

    ‘अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउनुस् । एमालेका जनप्रतिनिधिले गाउँ, सहर र नगर बनाउने जिम्मा लिएका छन् । एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ,’ उनले भने । उनले अहिले सबैभन्दा बढी नेपाली काँग्रेसका कार्यकर्तालाई परिरहेको बताए । उनले भने, ‘पोखरा जाउँ, भरतपुर जाउँ तर रुखमा भोट हाल्ने ठाउँ नै छैन । मेरी छोरीलाई भोट हालेनौ भने मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ । काँग्रेसले रुखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो । आज छोरी जिताउनुपर्छ । भोलि भाइ, भतिजा र अरूको जिम्मा लिनुपर्छ ।’ उनले एमालेका उम्मेदवार जिताउने जिम्मा जनताको र मुलुकको विकास गर्ने जिम्मा एमालेको भएको पनि बताए । 

  • सम्बन्धित विषय:

  • # एमाले
  • # केपी शर्मा ओली

  • तेस्रो आँखा
    लेखकबाट थप