स्थानीय तह निर्वाचन विशेष
किरण ढकालका दुई गजलहरु 

किरण ढकालका दुई गजलहरु 


  • 10.1K
    SHARES
    • बैशाख २८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    किरण ढकालका दुई गजलहरु 

    १.

    images

    बुझ्नेले कुरा बुझ्न सकेन, बुझाउनेले बुझाउन सकेन।
    लाग्यो विद्वानले मुर्खसामु विद्वत्ता देखाउन सकेन।

    हिजो यहि ज्यानले बचाएको हो ज्यान बाजि लाएर,
    आज भाषणमापनि यी हातले ताली बजाउन सकेन।

    मात्र कलेजो र फोक्सो जलायो चुरोटको धुवाँलेपनि,
    बिच बाटोमा छाडि जानेको यादहरु जलाउन सकेन।

    यसकारण बा-आमाले बचनका तीर हानीरहे उसलाई ,
    अरु दाजुभाइले जस्तै धनको बिटोले हिर्काउन सकेन।

    अरुहरु त ढुङ्गा खोज्दा देउता भेटियो भन्छन् अझैपनि,
    खै “किरण”ले त मान्छे खोज्दानि मान्छे भेट्टाउन सकेन


    २.

    कोही आयो हतार हतार गरेर गयो।
    व्यापारी रहेछ उ व्यापार गरेर गयो।

    आफै नाङ्गियो, अरुलाई नङ्गयाउँदा
    यसरी उसले चुनाव प्रचार गरेर गयो।

    इमानदार कार्यकर्ता देख्यो कि देखेन
    भष्टचारीलाई त नमस्कार गरेर गयो।

    एउटा घाउ थियो निको हुने क्रममा,
    फेरि चुनाव आयो, प्रहार गरेर गयो ।

  • सम्बन्धित विषय:

  • # गजल

  • तेस्रो आँखा
    लेखकबाट थप