• ट्रेण्डिङ्ग :
बुध्द यएरले मे १५ देखि रात्रिकालिन उडान सेवा विस्तार गर्दै

बुध्द यएरले मे १५ देखि रात्रिकालिन उडान सेवा विस्तार गर्दै


  • 9.2K
    SHARES
    • बैशाख २९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    बुध्द यएरले मे १५ देखि रात्रिकालिन उडान सेवा विस्तार गर्दै

    काठमाडौं, २९ वैशाख । बुध्द एयरले मे १५ का दिनदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालिन उडान सेवा विस्तार गर्न लागेको जानकारी दिएकाे छ । 

    images

    बुध्द एयरले बिहीबार एक विज्ञप्ति जारी गर्दै  नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने भनि गरेको निर्णयलाई स्वागत गर्दै मे १५ देखि रात्रिकालिन सेवा विस्तार गर्ने जानकारी दिएको हो । दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने उसकाे भनाइ छ। रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने उसले बताएकाे छ । उसले रात्रिकालिन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामाबाट उपलब्ध हुने बताएको छ । उसले यी उडानका समयहरु राती ८ बजेदेखि र त्यसपछिका मात्र हुने स्पष्ट पारेको छ । 

    नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान रहेको छ । बुध्द एयरले रात्रिकालिन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास लिएको बुध्द एयरले जनाएको छ । बुध्द एयरले काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरि रात्रिकालिन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ । रात्रिकालिन उडानकाे समन्वय र सुविधाका लागि बुध्द एयरले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीप्रति आभार व्यक्त गरेको छ ।

    दोस्रो हब भैरहवा

    पोखरा विमानस्थललाई बुध्द एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाईदा व्यापारिक र विशेषगरि पर्यटकहरुलाई पुगेको छ । अब बुध्द एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको छ । एयरले भैरहवाबाट पोखरा र भरतपुरको उडान भने सञ्चालनमा ल्याईसकेको छ । निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा  क्रमशः उडान भर्ने योजना रहेको बुध्द एयरले जानकारी दिएको छ। उडानसँगै पर्यटकहरुका लागि बुध्द एयरले भगिनी संस्था बुध्द होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # बुध्द यएर

  • तेस्रो आँखा
    लेखकबाट थप