सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो


  • 7.2K
    SHARES
    • बैशाख २९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

    काठमाडौं, २९ वैशाख । बिहीबार सुन र चाँदीको मूल्यवृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको महासंघले जनाएको छ ।

    images

    आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

    बुधबार तोलामा एकैदिन सुनको मूल्य एक हजार रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुनको मूल्य ९७ हजार र तेजावी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवा

  • तेस्रो आँखा
    लेखकबाट थप