फ्लोरिडामा भवन भत्कदा ज्यान गुमाएका ९८ जनाकाे परिवारलाई व्यवस्थापनले ९९७ मिलियन डलर क्षतिपूर्ति दिने

फ्लोरिडामा भवन भत्कदा ज्यान गुमाएका ९८ जनाकाे परिवारलाई व्यवस्थापनले ९९७ मिलियन डलर क्षतिपूर्ति दिने


  • 8.6K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    फ्लोरिडामा भवन भत्कदा ज्यान गुमाएका ९८ जनाकाे परिवारलाई व्यवस्थापनले ९९७ मिलियन डलर क्षतिपूर्ति दिने

    काठमाडाैं, ३१ वैशाख । अमेरिकाकाे फ्लोरिडामा  भवन भत्किदा ज्यान गुमाएका पिडितको परिवारले क्षतिपूर्ति पाउने भएका छन् । पिडितको परिवालाई व्यवस्थापनले लगभग ९९७ मिलियन डलर रकम क्षतिपूर्ति दिने सम्झौता भएको छ । 

    images

    वादीका प्रमुख वकिलहरू मध्ये एक हार्ले ट्रोपिनले बुधबार सुनुवाइको क्रममा यस्तो निर्णय घोषणा गरेका हुन्। प्रस्तावलाई अझै मायामी-डेड काउन्टी सर्किट अदालतका न्यायाधीश माइकल ह्यान्जम्यानबाट अन्तिम स्वीकृति दिन आवश्यक रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    प्रस्तावित सम्झौतामा रहेका संस्थाहरूमा कन्डोनियम एसोसिएसन(संघ), सर्फसाइड नगर , अभियन्त्रण(ईन्जिनियरिङ्), वास्तुकला र सम्पत्तिको विकास र मर्मत सम्भार र छिमेकी विकासमा संलग्न अन्य प्रतिष्ठानहरू रहेकाे भनि सिएनएनले लेखेको छ ।

    गत बर्ष सन् २०२१ मा अमेरिकाको फ्लोरिडा राज्यको सर्फसाइडमा रहेको बिशाल भवन(कन्ड़ोनियम) भत्कदा ९८ जनाको ज्यान गएको थियो । २४ जुन, २०२१ को मध्यरातमा च्याम्पलेन टावर्स साउथ बिल्डिंग (भवन)को आंशिक ठूलो भाग भत्किएको थियो । जसमा पर्ने पिडितहरू १ बर्ष देखि ९२ वर्ष उमेरका रहेका थिए।

     

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप