काठमाडौं, १ जेठ। मे १६ देखि मे २१ तारिखसम्म हुने नेपाल र युगान्डा बीचको पहिलो ऐतिहासिक महिला टि-ट्वेन्टी सिरिज निशुल्क हेर्न पाइने भएको छ ।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय मैदानमा हुने खेल हेर्न कुनै पनि शुल्क नलाग्ने भएको छ । निशुल्क खेल हेरी मनोरञ्जन लिनुका साथै महिला खेलाडीहरुलाई हौसला प्रदान गर्न पनि क्यानले अपिल गरेको छ । खेल नेपाली समयनुसार दिनको १ बजेबाट सुरु हुनेछ ।
