न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो


  • 8.7K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

    एजेन्सी, १ जेठ । न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा अनुसार सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो । गोली लागेर अरु केही घाइते पनि भएका छन् ।

    images

    अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्तिले सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो । सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको थियो ।

    बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिएको ह्वाइट हाउसले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप