भरतपुर महानगरपालिकाको मतगणना पुन: सुरू

भरतपुर महानगरपालिकाको मतगणना पुन: सुरू


  • 6.9K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    भरतपुर महानगरपालिकाको मतगणना पुन: सुरू

    काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान भएको छ।  मतगणनास्थल  अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो । 

    images

    सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको बताए । 
     
    अघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको  थियो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध गरिएको थियो । 
    करिब १५–२० मिनेट रोकिएपछि अहिले पुनः गणना थालिएको छ ।

     

     

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप