ललितपुर प्रमुखमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता

ललितपुर प्रमुखमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता


  • 9.4K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    ललितपुर प्रमुखमा कांग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता

    काठमाडौं, ३ जेठ । सान्नी त्रिवेणी गाउँपालिका कालीकोटको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् । केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् ।

    images

    केसी माओवादी केन्द्रका बागी उम्मेदवार हुन् । उनले माओवादी केन्द्रकै उम्मेदवार निवर्तमान अध्यक्षसमेत रहेका डम्मरबहादुर शाहीलाई पराजित गरे । माओवादीका शाहीले १३२५ मत पाएका छन् ।

    माओवादी केन्द्रले शाहीलाई टिकट दिएपछि केसीले बागी उम्मेदवारी दिएका थिए । पुतली चुनाव चिह्न लिएर चुनाव लडेका केसीले पार्टीका आधिकारीक उम्मेदवार शाहीलाई ४९७ मतान्तरले पराजित गरेका छन् ।

    केसीले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गिरी कारबाही गरेको छ ।

    यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती सिंह (संज्याल) विजयी भएकी छिन् । उनले १६८१ मत ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १२२२ मत ल्याइन् ।