नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) को घोषणा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) को घोषणा


  • 8.9K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) को घोषणा

    काठमाडौं, १५ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ ।

    images

    बुधबार पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरूको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) गठन गरिएको जानकारी दिइयो । 

    नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवि वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जन-अदालत विघटन गरेको भन्दै पूर्णतः असफल भएको नवगठित क्रान्तिकारीको धारणा छ । 

    कार्यक्रममा प्रचार विभागका प्रमुख अमर गोपालीले भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरेको जानकारी दिनुभयो । 

    नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको र ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरोका साथै सात जनाको स्थायी कमिटी सचिवालय गठन भएको जानकारी पनि दिइएको छ । 


    तेस्रो आँखा