• ट्रेण्डिङ्ग :
नेपाली महिला क्रिकेट टोलीकाे दाेस्राे हार

नेपाली महिला क्रिकेट टोलीकाे दाेस्राे हार


  • 13.0K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 20.0K Views

    नेपाली महिला क्रिकेट टोलीकाे दाेस्राे हार

    काठमाडौं,३ जेठ ।  नेपाली महिला क्रिकेट टोली युगान्डासँग दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा १ विकेटले पराजित भएकाे छ । युगान्डाले १ सय २ रनको लक्ष्य १ बल अगाडि पूरा गरेको हो ।

    images


    २ बलमा विजयका लागि १ रन बनाउनु पर्ने अवस्थामा कविता कुँवरको बलमा सराह एकिटेङले विजयी रन प्रहार गरेकी थिइन् । रिता मुसामालीले ३४ बलमा ३ चौका प्रहार गरी ३० रन प्रहार गरे । फ्रान्क्लिन नाजुम्बाले १९ र जेनेट एमबाबाजी १६ रन बनाए ।


    नेपालबाट कविता कुँवर र सबनम राईले २–२ तथा कप्तान रुविना क्षेत्री र सीता रानामगरले १–१ विकेट लिए । युगान्डाले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १ रनमात्र बनाउन सकेको थियो ।