कांग्रेस १४ औं महाधिवेशन
आकांक्षी बढ्दा शीर्ष नेतालाई सकस, १८ जिल्लामा अधिवेशन अनिश्चित

आकांक्षी बढ्दा शीर्ष नेतालाई सकस, १८ जिल्लामा अधिवेशन अनिश्चित


  • 7.7K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    आकांक्षी बढ्दा शीर्ष नेतालाई सकस, १८ जिल्लामा अधिवेशन अनिश्चित

    काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा शीर्ष नेताहरु आकांक्षी व्यवस्थापनमा व्यस्त छन् । अझै १८ जिल्लामा अधिवेशन अन्योल रहेको अवस्थामा नेताहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूका आकांक्षी मिलाउन व्यस्त भएका हुन् । 

    images

    उनन्साठी जिल्लामा जिल्ला नेतृत्व चयन भएसँगै महाधिवेन प्रतिनिधिहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन् । तर, आकांक्षी बढ्दै जाँदा व्यवस्थापनमा शीर्ष नेताहरूलाई समस्या देखिएको छ ।

    अहिले दिनहुँ सभापतिका आकांक्षी प्रकाशमान सिंह, रामचन्द्र पौडेल, सभापति शेरबहादुर देउवा, शशांक कोइरालालगायतका नेताका निवासमा नेता कार्यकर्ताको भिड बढेको छ । 

    महाधिवेशन उद्घाटन सत्र आउन एक सातामात्रै बाँकी रहँदा प्रदेश- २ का जिल्लासहित १८ जिल्लामा जिल्ला अधिवेशन भएका छैनन् । महाधिवेशन प्रतिनिधि आउन क्षेत्रीय अधिवेशन सम्पन्न भएहुने भए पनि १८ जिल्लामा जिल्ला अधिवेशन अन्योल हुँदा त्यसले केन्द्रीय महाधिवेशन प्रतिनिधि छानिन सकेका छैनन् । 

    बिहानसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले तेस्रो आँखालाई जानकारी दिनुभयो ।  एमालेकाे १० औं महाधिवेशनका कारण स्थगित चितवनमा जिल्ला अधिवेशन थप अन्याेलमा छ । केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने कि अघि नै नेतृत्व चयन गर्ने भन्ने विषयमा विवाद हुँदा निर्वाचन अधिकृतले राजिनामा दिएका छन् । 

    त्यस्तै, प्रदेश २ का अधिकाश जिल्लामा वडा र पालिकामाथिका अधिवेशन हुनसकेका छैनन् । सर्लाही जिल्लामा विवाद बढ्दै जाँदा वडा तहभन्दा माथिका अधिवेशन अन्योलमा छन् । भोलिसम्ममा प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो नलागे प्रदेश २ को अधिवेशन प्रभावित हुने देखिएको छ ।

    नेपाली कांग्रेसले बिहीबारदेखि शनिबारसम्म सातै प्रदेशमा प्रदेश अधिवेशनको कार्यतालिका बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महाधिवेशन

  • तेस्रो आँखा