नेपाल टी-२० लिग असोज दोस्रो सातादेखि सुरू हुने

नेपाल टी-२० लिग असोज दोस्रो सातादेखि सुरू हुने


  • 7.0K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    नेपाल टी-२० लिग असोज दोस्रो सातादेखि सुरू हुने

    काठमाडौं, ४ जेठ । नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक प्रतियोगिता नेपाल टी-२० लिग असोज दोस्रो हप्तादेखि सुरु हुने भएको छ ।

    images

    बुधबार क्यानले पत्रकार सम्मेलनमार्फत युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रतियोगिता असोज आठ गतेदेखि सुरु हुने घोषणा गरेका हुन् ।


    क्यानले लिग असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म सञ्चालन हुने जनाएको छ ।

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी भएको बताए ।

    प्रतियोगिता कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए । यस्तै उनले प्रतियोगितासँग क्यान आर्थिक रुपमा बलियो हुने विश्वास लिएको बताए । टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए ।

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट

  • तेस्रो आँखा
    लेखकबाट थप