काठमाडाैं, ५ जेठ । अहिले सामाजिक सञ्जालमा एक युवती भाइरल भएकी छन् । बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट रेग्मी थरकी ती युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि उनी सर्वत्र भाइरल बनेकी हुन् ।
ती युवतीले आफूलाई उपल्लो दर्जाका ब्यक्तिले गरेको बलात्कार, शारीरिक यातना र मानसिक यातनाबारे टिकटक लाइभ मार्फत ब्यक्त गरेकी छन् । उनले आफूलाई दुर्व्यवहार भएकोबारे पुर्व मिस नेपाल माल्भिका सुब्बालाइ समेत जानकारी गराउँदा आफैलाई दोषी ठहराउँदै बेवास्ता गरेको भिडियो मार्फत सार्वजिनक गरेकी छन् ।
२०७१ सालमा भएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेको थरमात्र खुलाएकी छिन्। बलात्कार गर्नेमा एक जना कन्सल्टेन्सी संचालक रहेको उनले बताएकी छिन्।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिएका छन्। ब्युटी प्याजेन्टका क्रममा आफू माथि बलात्कार भएको र उक्त घटनाबारे जानकारी दिँदा कसैले सहयोग नगरेको उनले बताएकी छन् । उनले टिकटक मार्फत चरणवद्धरुपमा सार्वजनिक गरेको भिडियो करिव ५२ मिनेटको छ ।
उनले तीनकुनेस्थित एक म्युजिक भिडियोसँग सम्बन्धीत कन्सल्टेन्सीका मालिकले ब्ल्याकमेलिङ गरी छ महिनासम्म पटक पटक बलात्कार गरेको भन्ने कुरा भिडियोमा उल्लेख गरेकी छन् । भिडियोको पहिलो भागमै उनले भनेकी छन्, ‘म ६/७ वर्ष हुँदा ३/४ वटा फिल्म खेलेकी थिए, म ठूलो भएर मोडल हुन्छु भनेर ।१२ कक्षाको परीक्षा सकिएपछि कोरियो अडिशनमा छनौट भएको भनेर पिक्चरहरु बाहिर आए र मलाई कसैले म्यासेज गरे, बोलाएर बलात्कार गरे ।’ उनले ती पुरूषकाे नाम खुलाएकी छैनन् ।
उनले सार्वजनिक गरेको भिडियोहरुलाई तेस्रो आँखा अनलाइनले संकलन गरेर आम श्रोता, पाठक र दर्शकमाझ जस्ताको त्यस्तै पस्केका छौं ।उक्त भिडियो सार्वजनिकरुपमा भाइरल भएपछि घटनाको बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
