राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, शुभकामना भन्न भृकुटीमण्डप पुगेनन् ओली 

राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, शुभकामना भन्न भृकुटीमण्डप पुगेनन् ओली 


  • 7.7K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, शुभकामना भन्न भृकुटीमण्डप पुगेनन् ओली 
     
    काठमाडौं, १५ मंसिर । राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेवबहादुर देउवा महाधिवेशन उद्घाटनस्थल पुग्दा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली भने कार्यक्रममा उपस्थित नै हुनु भएन् ।  

    चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा उपस्थित भएर राप्रपा अध्यक्ष थापाले बधाई मात्र दिनु भएन, ओलीलाई राष्ट्रवादी नेताको उपमा समेत दिनुभयाे ।  

    images

    तर एमाले महाधिवेशन सकिएको एक दिनपछि सुरु भएको राप्रपाको एकता महाधिवेशनमा भने ओली देखिनु भएन । उहाँले शुभकामनाका लागि पार्टीबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेललाई प्रतिनिधि बनाएर पठाउनुभयाे। 

    ओली अनुपस्थित भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल भने शुभकामना दिन राप्रपा महाधिवेशन उद्घाटनस्थलमा पुग्नु भएकाे थियाे । 

    दाहाल एमाले महाधिवेशनमा शुभकामना दिन जानु भएकाे थिएनन् भने नेपाललाई एमालेले निम्तो नै गरेको थिएन । 

    एमाले महाधिवेशनमा शुभकामना दिन चितवन पुग्नु भएका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेता पनि राप्रपा महाधिवेशनमा शुभकामना दिन उपस्थित हुनु भएन । 

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # कमल थापा

  • तेस्रो आँखा