बुटवल,७ जेठ । रूपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपालीकांग्रेसका खेलराज पाण्डे निर्वाचित भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन् । एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
पाण्डेले ३० हजार १३० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी भट्टराईले २२ हजार ५९७ मात्र ल्याउन सके । उपप्रमुखमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन् । एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे नगर प्रमुखमा निर्वाचित भएका हुन् । पाण्डेले ३० हजार १३० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी भट्टराईले २२ हजार ५९७ मात्र ल्याउन सके ।
त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरूङलाई ७ हजार ९९४ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरूङले १६ हजार ९८० मत मात्र ल्याउन सके । १९ वटा वडा रहेको बुटवलमा ९० हजार १६ मतमध्ये ६३ हजार १७ मत खसेको थियो ।
२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भएका पाण्डे पाँच वर्षपछि भारी मतान्तरले पश्चिम नेपालकै प्रमुख शहरको पहिचान बनाएको राजनीतिक तथा आर्थिक केन्द्र बुटवलको नेतृत्वमा पुगेका हुन् । नेकपा एमालेको गढका रूपमा परिचित बुटवलमा यसपालि खेलराजले गठबन्धनको बलमा कांग्रेसको झण्डा गाडेका छन् ।
बुटवलका ५ वटा वडाहरू १०, ११, १४, १८ र १९ वडामा एमाले विजयी भएको छ भने वडा नम्बर १ मा स्वतन्त्र, २ मा नेकपा एस, ३ मा रुख चिह्नबाट लडेर माओवादी केन्द्र निर्वाचित भएको छ । त्यस्तै ४, ५, ६, ७, ८, ९, हुन् । अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरूङले १६ हजार ९८० मत मात्र ल्याउन सके । १९ वटा वडा रहेको बुटवलमा ९० हजार १६ मतमध्ये ६३ हजार १७ मत खसेको थियो ।
२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भएका पाण्डे पाँच वर्षपछि भारी मतान्तरले पश्चिम नेपालकै प्रमुख शहरको पहिचान बनाएको राजनीतिक तथा आर्थिक केन्द्र बुटवलको नेतृत्वमा पुगेका हुन् । नेकपा एमालेको गढका रूपमा परिचित बुटवलमा यसपालि खेलराजले गठबन्धनको बलमा कांग्रेसको झण्डा गाडेका छन् ।
बुटवलका ५ वटा वडाहरू १०, ११, १४, १८ र १९ वडामा एमाले विजयी भएको छ भने वडा नम्बर १ मा स्वतन्त्र, २ मा नेकपा एस, ३ मा रुख चिह्नबाट लडेर माओवादी केन्द्र निर्वाचित भएको छ । त्यस्तै ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६, १७ मा कांग्रेसले जित निकालेको छ । बुटवलमा एमाले एकातिर र सत्तारूढ गठबन्धन अर्कोतिर भएर चुनाव लडेका थिए ।
कल्पना डुम्रे
