रुसले छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगायो

रुसले छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगायो


  • 5.2K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    रुसले छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगायो

    एजेन्सी, ८ जेठ । रुसले शनिबार छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगाएको छ । त्यसको बदलामा फिनल्यान्डले  नेटो सदस्यताको लागि आवेदन दिएर मस्कोलाई आक्रोशित बनाएको छ । आपूर्तिकर्ता गाजप्रोमलाई रुबलमा तिर्न अस्वीकार गरेपछि मस्कोले फिनल्यान्डमाथि ग्यास रोकेको हो ।

    images

    २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमलापछि मस्कोले रुबलमा ग्यासको भुक्तानी गर्न युरोपेली युनियन (ईयू) लगायतका देशका ग्राहकलाई अनुरोध गरेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले शनिबार एक विज्ञप्तिमा रुबल भुक्तानी प्राप्त नगरेकोले ग्यास आपूर्ति  पूर्ण रूपमा बन्द गरिएको जनाएको छ । 

    सन् २०२१ मा ग्याप्रोमले १ दशमलब ४९ अर्ब  क्युबिक मिटर प्राकृतिक ग्यास फिनल्यान्ड पठाएको जनाएको छ । यो देशको ग्यास खपतको लगभग दुई तिहाई बराबर हो । यद्यपि, प्राकृतिक ग्यासले फिनल्याण्डको ऊर्जाको करिब आठ प्रतिशत ओगटेको छ । फिनल्यान्डको उर्जा कम्पनी गासुमले अभावलाई बाल्टिकनेक्टर पाइपलाइनलगायतका स्रोतबाट अभाव पूर्ति गर्ने जनाएको छ । त्यस्तै फिलिंग स्टेसनहरू सामान्य रूपमा चल्ने आश्वासन दिएको छ । 

  • सम्बन्धित विषय:

  • # अन्तर्राष्ट्रिय
  • # राेक

  • तेस्रो आँखा
    लेखकबाट थप