एसिया भ्रमणको दोस्रो चरणमा बाइडेन जापानमा

एसिया भ्रमणको दोस्रो चरणमा बाइडेन जापानमा


  • 6.2K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    एसिया भ्रमणको दोस्रो चरणमा बाइडेन जापानमा

    एजेन्सी, ८ जेठ । एसियामा अमेरिकी गठबन्धनहरूलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन आइतवार जापान पुगेका छन् । बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा एशियाको आफ्नो पहिलो यात्रा गर्दै छन् । यसैक्रममा टोकियोबाहिर योकोटा एयर बेसमा पुगेका हुन् ।  

    images

     क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्नुृहुने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो शनिबार दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गर्नु भएको थियो  । यो शिखर सम्मेलन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो । 

    राष्ट्रपति बाइडेन तीन दिने भ्रमणका लागि शुक्रबार पुगेका थिए । अमेरिकी राष्ट्रपतिले कोरियाली राष्ट्रपतिलाई उचित समयमा वासिङ्टन भ्रमणको निम्तो दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप