• ट्रेण्डिङ्ग :
मूल्यवृद्धि फिर्ताको मागसहित विद्यार्थी संगठनले अर्थ र उद्योग मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

मूल्यवृद्धि फिर्ताको मागसहित विद्यार्थी संगठनले अर्थ र उद्योग मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै


  • 7.0K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    मूल्यवृद्धि फिर्ताको मागसहित विद्यार्थी संगठनले अर्थ र उद्योग मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

    काठमाडौं,१० जेठ । विभिन्न १३ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अर्थ र उद्योग मन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।  ढिलो चरणको आन्दोलन अन्तर्गत मंगलबार अर्थमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको हो ।

    images

    विद्यार्थी संगठनले भोलि बुधबार बिहान ११ बजे आयल निगमको केन्द्रीय कार्यालय टेकुमा घेराउ गर्ने र देशभरका क्याम्पसमा कालो ब्यानर राख्ने, १२ गते साँझ काठमाडौंमा टर्चलाइट जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । 

    उनीहरुले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न र पटक–पटक पेट्रोलियम पदार्थमा हुने गरेको मूल्यवृद्धिको दीर्घकालीन समाधान खोज्न तथा पेट्रोलियम इन्धनको विकल्पका रुपमा जलविद्युतको पर्याप्त उपलब्धता हुने व्यवस्था गर्न समेत माग गरेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप