रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन  

रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन  


  • 7.7K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन  

    काठमाडौं, १५ मंसिर । दशरथ रंगशालामा ‘युथ एथ्लेटिक्स च्याम्पियनसिप–२०२१’ हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंसिर २० गतेका लागि तय दुई खेलको तालिका परिवर्तन गरेको छ ।

    images

    एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै २० मंसिर दशरथ रंगशालमा लागि तय खेल अन्य कार्यक्रम भएकाले मैदान उपलब्ध नहुने हुँदा समय परिवर्तन गरेको जनाएको छ । 

    २० गते १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस तथा साँझ पौने ५ बजे हुने खेलमा जावलाखेल  युथ क्लब र मछिन्द्र फुटबल क्लब भिड्ने तालिका थियो । 

    अब, दुवै खेल निर्धारित समय अनुसार नै दशरथ रंगशालामा २२ मंसिरमा आयोजना हुनेछ । ‘रंगशालामा सोही दिन एथ्लेटिक्सको खेल हुने कार्यक्रम रहेको छ,' एन्फा महासचिव इन्द्रमान तुलाधरले भन्नुभयाे  'त्यसै कारणले लिग तालिका परिवर्तन गरेका हौं ।’  

    उहाँले दुबै खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गर्न नमिल्ने भएकै कारण समेत लिग तालिका परिवर्तन गर्नु परेको जानकारी दिनुभयाे । एन्फाले मंगलवार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको थियो । 

    शुक्रवारबाट सुरु हुने तेस्रो चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।

     

  • सम्बन्धित विषय:

  • # रंगशाला
  • # एथ्लेटिक्स

  • तेस्रो आँखा