• ट्रेण्डिङ्ग :
लेवान्डोवस्कीलाई भित्राउन बार्सिलोना इच्छुक

लेवान्डोवस्कीलाई भित्राउन बार्सिलोना इच्छुक


  • 6.2K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    लेवान्डोवस्कीलाई भित्राउन बार्सिलोना इच्छुक

    काठमाडौं,१० जेठ । स्पेनिस ला लिगाका क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले नयाँ सिजनका लागि बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई भित्राउन इच्छुक रहेको बताएका छन् ।

    images

    तर लेवान्डोवस्की र बायर्नबीचको सम्झौता अझै एक सिजन बाँकी रहेकाले उनलाई क्याम्प नोउमा भित्राउन भने त्यती सहज नहुने जाभीको भनाई छ ।

    बार्सिलोनाले लियोनल मेसी बाहिरिएपछि अग्रपत्तिमा सुधार गर्ने भन्दै जनवरीमा आर्सनलबाट पियरी इमरिक औबामयाङलाई अनुबन्धन गरेको थियो ।

    लेवान्डोवस्कीले केही दिन अघि मात्र बायर्न छोड्न चाहेको र यसबारे क्लब व्यवस्थापन तथा प्रशिक्षकलाई जानकारी गराइसकेको बताएका थिए । उनले आठ वर्षको बायर्न बसाईमा सबै खाले प्रतियोगिता गरि तीन सय ४४ गोल गरे ।

    जाभीले केही दिन अघि मात्र आफ्नो क्लब इर्लिङ हल्यान्ड र किलियन एमबाप्पे लाई भित्राउने दौडमा नरहेको बताएका थिए । हल्यान्ड  इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटी भित्रिइसकेका छन् भने एमबाप्पेले थप तीन वर्ष पेरिस सेन्ट जर्मन पिएसजीमै बस्ने निर्णय गरिसकेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप