• ट्रेण्डिङ्ग :
नेपाली राष्ट्रिय टोलीको कप्तानमा नवयुग श्रेष्ठ

नेपाली राष्ट्रिय टोलीको कप्तानमा नवयुग श्रेष्ठ


  • 7.7K
    SHARES
    • जेठ ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    नेपाली राष्ट्रिय टोलीको कप्तानमा नवयुग श्रेष्ठ

    काठमाडौं, ११ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड नवयुग श्रेष्ठलाई नेपाली राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको छ । नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र सिनियर खेलाडी रोहित चन्द टोलीमा समावेश नभएपछि एन्फाले नवयुगलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो ।

    images

    अब नवयुगले कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको खेलका लागि कप्तानी गर्नेछन् । नेपाली टोली एएफसी एसियन कप छनोटको खेलको थप तयारीका लागि बुधबार कतार प्रस्थान गर्देछ । टोलीलाई बिदाई गर्न आयोजति कार्यक्रममा नवयुगलाई कप्तानको घोषणा गरेको हो ।

    राष्ट्रिय टोलीका सिनियर खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादपछि खेलाडीको पक्षमा देखिएका कप्तान किरणलाई एन्फा तथा प्रशिक्षक अलमुताइरीले कुनै खबर नगरी राष्ट्रिय टोलीमै समावेश गरेनन् । कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको लागि प्रशिक्षक अलमुताइरीले गत शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडी टोलीमा रहेका छैनन् ।

    अन्तिम टोली:

    गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

    डिफेन्डर – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

    मिडफिल्डर – आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी

    फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ

  • सम्बन्धित विषय:

  • # नेपाली राष्ट्रिय फुटबल टोली

  • तेस्रो आँखा
    लेखकबाट थप