• ट्रेण्डिङ्ग :
पारा एसियाली खेलकुदको छनोटमा रञ्जनालाई कांस्य

पारा एसियाली खेलकुदको छनोटमा रञ्जनालाई कांस्य


  • 7.5K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    पारा एसियाली खेलकुदको छनोटमा रञ्जनालाई कांस्य

    काठमाडौं १३ जेठ । नेपालकी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा बिहीबार कांस्य जितेकी छन् ।

    images

    यूएईको सारजाहमा भएको के–४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानाले रञ्जनालाई १८–१६ ले पराजित गरिन् ।शीर्ष दुई स्थानमा रहने खेलाडी मात्र एसियाली पारा खेलकुदका लागि छनोट हुने प्रावधान रहेकोले रञ्जना छनोट भने नभएको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

    अर्का खेलाडी रामबहादुर अधिकारी पहिलो चरणमै पराजित भए । के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि रामबहादुर इराकका अब्बास हुसैनसँग ३३–३७ ले चुके । पारा ओलम्पियन पलेशा गोवर्द्धन र सिर्जना घिसिङ भने विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप