• ट्रेण्डिङ्ग :
नेपालले टिमोर लिस्टेविरुद्ध खेल्दै

नेपालले टिमोर लिस्टेविरुद्ध खेल्दै


  • 9.9K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    नेपालले टिमोर लिस्टेविरुद्ध खेल्दै

    काठमाडौं, १४ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ०९ः४५ बजेदेखि सुरु हुनेछ ।

    images

    नेपालले एएफसी एसियन कप छनोटको तयारी लागि टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बन्द प्रशिक्षणका लागि कतारमा रहेको नेपाली टोलीले त्यहाँ दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपालले जुन ३ मा दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्दैछ ।

    एसियन कप तेस्रो चरणको छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् । एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन् ।

    नेपाली टिमः

    गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा

    रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

    मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी

    फरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ (कप्तान)

  • सम्बन्धित विषय:

  • # नेपाली टाेली

  • तेस्रो आँखा
    लेखकबाट थप