• ट्रेण्डिङ्ग :
बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान

बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान


  • 6.8K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान

    काठमाडौं,१५ जेठ । सरकारले आर्थिक वर्ष २०७९ ८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ । 
    आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका छन् ।

    images

    यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको उनले  बताए । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उनले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गरे ।

    अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराएका छन् । 
    बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका  छन् । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बुझिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप