• ट्रेण्डिङ्ग :
 बजेट २०७९/८० बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

 बजेट २०७९/८० बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने


  • 6.5K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

     बजेट २०७९/८० बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

    काठमाडौं,१५जेठ । सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गरेको छ । 

    images

    आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो । बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटले सबै स्थानीय तहमा स्नातक गरेका कृषि प्राविधिक र सबै वडामा प्राविधिकको व्यवस्था गर्ने जनाइएको छ । 

    यसका लागि कृषिमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइने छ । गुणस्तर बीउबिजनमा आत्मनिर्भर बनाउने कार्यक्रमसमेत बजेटमा उल्लेख छ । कुखुरालगायत पशपक्षीको खोप आयातमा सहजीकरण गर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताउनुभयो । कृषि खाद्य प्रविधि र पशुपक्षी रोग प्रयोगशालालाई पूर्वाधारयुक्त, गुणस्तरीय  र नगदेबाली खेती गर्न किसानलाई पेरित गरिने बजेटमा उल्लेख छ । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप