• ट्रेण्डिङ्ग :
न्यायपालिका सुधारोन्मुख : कामुप्रधानन्यायाधीश

न्यायपालिका सुधारोन्मुख : कामुप्रधानन्यायाधीश


  • 4.8K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    न्यायपालिका सुधारोन्मुख : कामुप्रधानन्यायाधीश

    काठमाडौं,१५ जेठ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका सुधारोन्मुख भएको बताएका  छन् ा 

    images

    नेपाल बार काउन्सिलले आज यहाँ आयोजना गरेको तालिम समापन कार्यक्रममा उहाँले न्यायपालिकाका विभिन्न अवरोध, विभिन्न प्रवृत्ति, बिसङ्गति र विकृतिहरू व्यहोरेको र भोगेकाले कानुन व्यवसायी र न्यायाधीशको क्षेत्रबाट अब न्यायपालिका  सुधारोन्मुख गर्नुपर्दछ भनेर प्रतिबद्धता जनाएको ह्रन् ।

    उनले न्यायपालिकालाई पहिलेको स्थितिभन्दा फरक ढङ्गबाट समृद्धरूपमा अगाडि बढाउनुपर्ने बताउए  । उनले आफूले नेतृत्व लिदा मुद्दाको फछ्र्योट आठ प्रतिशत रहेकामा अहिले प्रत्येक महिना फछ्र्योट दर बढाएर १५ प्रतिशत पु¥याएका  हुन् । “पुराना मुद्दाको फैसलाको फछ्र्योट दर हामीले बढाएका छौँ”, उनले भने“उच्च अदालत र जिल्ला अदालतभन्दा पनि सर्वोच्च अदालतप्रति धेरै गुनासो रहेका छन् । सर्वोच्चमा पुराना मुद्दा धेरै छन् ।

    गोलाप्रथाले समस्या आएको भन्ने गुनासो आफूले सुनेको भन्दै गोलाको विकल्पमा तत्कालमा जान नसकिने उनको भनाइ छ । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने उल्लेख गरिएको भन्दै अटोमेशनमा नजाँदासम्म गोलाप्रथा कायम रहने बताउए । उनले अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको समेत जानकारी गराएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप