• ट्रेण्डिङ्ग :
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान


  • 7.9K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

    काठमाडौं,१९ जेठ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गरेको हो ।

    images

    जुन १७ बाट सुरु प्रतियोगितामा एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यता समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर  छन् ।

    च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ । नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

     


    तेस्रो आँखा
    लेखकबाट थप